बुधबार, असार २५ गते २०८२ Jul 09 2025 Wednesday
images
images

नयाँ लाइसेन्सको आवेदन यहि सातादेखि खुल्ने


  • 1.5K
    SHARES
  • https://indrenipost.com/index.php/posts/1378
    कात्तिक ७, २०७८ आइतबार
    नयाँ लाइसेन्सको आवेदन यहि सातादेखि खुल्ने

    काठमाडौं । नयाँ सवारी अनुमति पत्र ९लाइसेन्स०को आवेदन यहि साताबाट खुल्ने भएको छ । यातायात व्यवस्था विभागका यही साताको अन्तिमसम्ममा स्मार्ट लाइसेन्सका लागि नयाँ आवेदन खुलान लागेको हो । विभागले झन्डै छ महिनापछि नयाँ आवेदन खोल्न लागेको विभागका सूचना अधिकारी डा। लोकनाथ भुसालले बताएका छन । 

    दोस्रो चरणको कोरोना महामारी फैलिएसँगै गत वैशाख १६ गतेदेखि लाइसेन्सको नयाँ आवेदन बन्द छ । यही साताको शुक्रबारसम्म नयाँ आवदेन खुला गरिन लागेको यातायात व्यवस्था विभागका सूचना अधिकारी भुसाल बताउछन ।

    स्मार्ट लाइसेन्सको छपाइ भने अझै पनि सुस्त छ । हाल काम बन्द भए पनि स्मार्ट लाइसेन्स छपाइ कात्तिक अन्तिम सातादेखि अर्थात् तिहारपछि हुने विभागले जनाएको छ । 

    कार्डका अभाव भएका कारणले ट्रायल पास र पुराना नविकरण गर्न दिएकाहरुको लाइसेन्स पनि प्रिन्ट हुन नसकेको उनले बताए । उनले भने, ‘हामीसँग कार्डको अभाव भएका कारणले लाइसेन्स वितरणमा समस्या आएको हो अब केहि दिनमा नै कार्ड आइपुग्छ त्यस पनि नयाँ र पुराना सबैलाई लाइसेन्स वितरण हुन्छ ।’

    विभागले हाल १४ लाख लाइसेन्स नयाँ र पुरानालाई वितरण गर्न बाँकी रहेको छ । विभागका अनुसार यो १४ लाखलाई कार्ड वितरण गरेपछि भने नयाँ प्रविधिमा जाने तयारीमा रहेको छ ।

    विभागका सूचना अधिकारीका अनुसार यो १४ लाख कार्ड वितरण गरेपछि भने हाल आएको नयाँ प्रविधिमा विभागले लाइसेन्स बनाउनका लागि तयारी गरिरहेको बताए । 

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij