अहिले यस पृथ्वीमा जम्मा ८ अर्ब जति मानिस बस्छन् । यो पृथ्वी अन्य जीव जन्तु सहित यी सबै मानिसहरुको साझा घर हो । यस घरमा भएको सम्पतिको बाँडफाँड कसरी भएको छ भनेर हामी हेर्नेछौ अक्सफामका अनुसार अहिले अर्बपतिहरुको संख्या बढीरहेको छ । सबैभन्दा बढी संयुक्त राज्य अमेरिकामा ८ सय तेह्र जना अर्बपति रहेका छन् । त्यसैगरी चीनमा ४ सय छ जना, भारतमा दुई सय जना,जर्मनीमा १ सय बत्तिस जना, रुसमा १ सय बीस जना,इटलीमा ७३ जना, ब्राजिलमा ६९ जना, हङकङ स्वशासित क्षेत्र रक्यानाडामा ६७ जना र बेलायतमा ५५ जना रहेका छन् । यो संख्या अरु देशमा पनि बाँडिदै जान्छ । यहाँ हामीले धेरैजना अर्बपति भएका शिर्ष दश देशको मात्रै सूचि दिएका हौ । विश्वमा भएको सबै सम्पतिको हिस्सा लगाउँदा सबैभन्दा धनी एक प्रतिशत लगभग ८ करोड जना सँग ४३ देखि ५० प्रतिशत सम्पति पर्न जान्छ । धनी दश प्रतिशत भन्नाले असी करोड जना जति हुन्छ । छयहत्तर देखि पचासी प्रतिशत सम्पतिको हिस्सा हुन जान्छ । जबकी मध्यम चालिस प्रतिशत सँग तेह्रदेखि बीस प्रतिशतसम्म भाग लाग्दछ भने तल्लो पचास प्रतिशत भनेको करिब चार अर्ब मानिसहरु हुन । उनीहरुसँग दुई देखि तीन प्रतिशत मात्रै सम्पति छ । मानव जातिको अभिलेखित इतिहासमा धनी र गरिबका विचमा यति गहिरो खाडल यस अघि कहिल्यै देखा परेको थिएन । समग्र अर्थ राजनीतिक प्रणालीमा सुधार बिना विद्यमान समस्याको समाधान असंभव जस्तै देखिन्छ ।