काठमाडौं । आइतबार बजार खुलेको करीब आधा घण्टा अवधिमा कारोबारमा आएका १७३ धितोपत्र मध्ये मेरो माइक्रोफाइनान्सको धितोपत्र मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।
कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनाम आज १० प्रतिशत घटेसँगै नेगेटिभ सर्किट लागेको हो ।
शेयर मूल्य प्रतिकित्ता रू १ हजार ५२५ दशमलव ६० मा झरेको हो । कम्पनीको शेयरमा क्रेता भन्दा विक्रेता धेरै भएकाले शेयर मूल्य घटेको हो ।
मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा ७० हजार १२४ कित्ता विक्री माग रहेको छ भने खरीद माग शून्य रहेको छ ।