सोमबार, असार ३० गते २०८२ Jul 14 2025 Monday
images
images

शेयर बजारमा २७.५१ अंकको बृद्धि


  • 1.1K
    SHARES
  • https://indrenipost.com/index.php/posts/1381
    कात्तिक ७, २०७८ आइतबार
    शेयर बजारमा २७.५१ अंकको बृद्धि

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मा साताको कारोबारको पहिलो दिन आज आइतबार दोहोरो अंकको बृद्धि भएको छ । आज नेप्से २७.५१ अंकले बढेर दुई हजार ५ सय ८४ दशमलब ५३ विन्दुमा पुगेको छ । त्यस्तै, आज नेप्से बढेपनि कारोबार रकम भने बढ्न सकेन् । आज २ अर्ब ७७ करोड ३४ लाख बराबरको कारोबार भएको छ ।    

    नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये दुई कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । पोजेटिभ सर्किट लाग्ने कम्पनीहरुमा बेस्ट फाइनान्स कम्पनी र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रहेका छन् । आज यी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।  

    नेप्सेका अनुसार आज मेरो माइक्रोफाइनान्स वित्तिय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ ।  त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी आइसीएफसी फाइनान्स कम्पनीको भएको छ । यस कम्पनीको आज १५ करोड ९१ लाख भन्दा बढीको कारोबार भएको छ ।         

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij