सोमबार, असार ३० गते २०८२ Jul 14 2025 Monday
images
images

सिद्धार्थ बैंकले १५ प्रतिशत लाभांश दिने


  • 1.9K
    SHARES
  • https://indrenipost.com/index.php/posts/1395
    कात्तिक ८, २०७८ सोमबार
    सिद्धार्थ बैंकले १५ प्रतिशत लाभांश दिने

    काठमाडौं । सिद्धार्थ बैंकले लाभांश घोषणा गरेको छ । कात्तिक ७ गते आइतबार बसेको  बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभाशं प्रस्ताव गरेको हो ।

    बैंकले सेयरधनीलाई हाल कायम चुत्ता पुँजी १० अर्ब ९६ करोड २२  लाख ९९ हजारको १४.२५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांशसहित कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

    बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएर आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij