मंगलबार, असार १७ गते २०८२ Jul 01 2025 Tuesday
images
images

सीके राउतद्धारा आन्दोलनको घोषणा


  • 3.1K
    SHARES
  • https://indrenipost.com/index.php/posts/1396
    कात्तिक ८, २०७८ सोमबार
    सीके राउतद्धारा आन्दोलनको घोषणा

    जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आन्दोलन घोषणा गरेको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले साताव्यापी आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

    भ्रष्टाचार र बेतिथिविरुद्ध पहिलो चरणको आन्दोलन घोषणा गरिएको डा. राउतका सचिवालयले जनाएको छ । कार्यक्रमानुसार कात्तिक ८ गते जिल्ला सदरमुकाममा सिटी जुलुस, ९ गते पालिकामा मोटरसाइकल र्‍याली, १० गते वडामा कोणसभा र मसाल जुलुस, ११ गते वडामा युवा दस्ता प्रशिक्षण र कात्तिक १२ गते जिल्ला सदरमुकाममा मसाल जुलुसलगायत गरिने जनाइएको छ ।

    भ्रष्टाचारको आरोप लगाउँदै जनमत पार्टीका कार्यकर्ताहरुले गएको बुधबार जनकपुरधामस्थित संघीय खानेपानी तथा ढल निकास आयोजनाको कर्मचारी राजेश्वर कुशवाहालाई अर्धनग्न पारेर बजार घुमाएका थिए । त्यसक्रममा पक्राउ परेका १७ कार्यकर्तालाई रिहा गर्नुपर्ने, आफ्ना नेता कार्यकर्तालाई पूर्ण सुरक्षा प्रदान गर्नुपर्नेलगायत माग राखेर पार्टीले आन्दोलनको घोषणा गरेको बताइएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij