काठमाडौ । मिति २०८२।०३।१३ गते, १७ ०० बजेको समयमा नेपाल तथा अन्य देशमा रहेका नेपाली महिला तथा पुरुषहरूसँग रकम लिइ भिडियो कलमार्फत अश्लील क्रियाकलापहरूमा सहभागी गराउने तथा महिलाको अश्लील सामाग्री बनाइ बिक्री वितरण गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौंबाट खटिएको प्रहरी टोलीले उक्त कार्यमा संलग्न जिल्ला सुर्खेत, वीरेन्द्रनगर नगरपालिका ६ घर भइ जिल्ला काठमाडौं, टोखा नगरपालिका ग्राण्डी बस्ने वर्ष २९ को रमेश थापालाई नियन्त्रणमा लिइ मुलुकी अपराध संहिता २०७४ को दफा १२१ बमोजिमको अश्लील किताब, पर्चा इत्यादि बनाउन वा बिक्री गर्न नहुने कसूरमा दिन ५ पाँचको म्याद थप अनुमति प्राप्त भइ थप अनुसन्धान भइरहेको कुरा सूचना अधिकारीले जानकारी दिएका छन ।