सोमबार, असार १६ गते २०८२ Jun 30 2025 Monday
images
images

नेप्से परिसूचकमा बृद्धि


  • 379
    SHARES
  • https://indrenipost.com/index.php/posts/9394
    असार १६, २०८२ सोमबार
    नेप्से परिसूचकमा बृद्धि

    काठमाडौँ, १६ असारः नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक नौ दशमलव १९ अङ्कले बढेर दुई हजार ६३१ दशमलव ४८ विन्दुमा कायम भएको हो ।

    आज विभिन्न ३१८ कम्पनीका एक करोड ४१ लाख ७२ हजार ५३५ कित्ता शेयर ६३ हजार ३७१ पटक खरिदबिक्री हुँदा रु छ अर्ब ३८ करोड ७२ लाख सात हजार १५ बराबरको कारोबार भएको छ । आजको कारोबारमा वित्त समूह शून्य दशमलव ०६, होटल तथा पर्यटन शून्य दशमलव ०३, जलविद्युत् शून्य दशमलव २८ र अन्य समूह शून्य दशमलव ३६ प्रतिशतले घटेको छभने अरू सबै समूहको उपसूचक बृद्धि भएको छ ।

    उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै एक दशमलव ६३ प्रतिशतले बढेको छ । बैङ्किङ शून्य दशमलव ३८, विकास बैङ्क शून्य दशमलव ७२, लगानी शून्य दशमलव ०२, जीवन बिमा शून्य दशमलव ८२, लघुवित्त शून्य दशमलव ९२, म्युचुअल फन्ड शून्य दशमलव ३६, निर्जीवन बिमा शून्य दशमलव ६१ र व्यापार समूह शून्य दशमलव ७२ प्रतिशतले बढेको छ ।

    आजको कारोबारमा राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको शेयर मूल्यमा सबैभन्दा धेरै नौ दशमलव ९७ प्रतिशतले बढेको छ भने पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको शेयर मूल्य चार दशमलव ९२ प्रतिशतले घटेको छ ।

    कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै साहास ऊर्जा लिमिटेडको रु ३६ करोड ५३ लाख ९८ हजार ४८८ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै सिङ्गटी हाइड्रो इनर्जी लिमिटेड सात लाख १५ हजार ९३९ कित्ता खरिदबिक्री भएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij