काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य आज पनि बढेको छ । आइतबार प्रतितोला ४०० रुपैयाँले बढैको सुनको भाउ सोमबार ३०० रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यअनुसार सोमबार छापावाल सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार हुनेछ । आइतबार प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै‚ तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ९०० रुपैयाँ कायम गरिएको छ । आइतबार प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला पाँच बढेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला एक हजार २६५ रुपैयाँ कायम गरिएको छ । आइतबार प्रतितोला एक हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा कारोबार भएको सुनचाँदी मूल्यका आधारमा यहाँ दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।