सोमबार, असार ३० गते २०८२ Jul 14 2025 Monday
images
images

२६ प्रतिशत जनसंख्या बीमाको पहुँचमा


  • 1.4K
    SHARES
  • https://indrenipost.com/index.php/posts/1407
    कात्तिक ८, २०७८ सोमबार
    २६ प्रतिशत जनसंख्या बीमाको पहुँचमा

    काठमाडौं । चालू आर्थिक वर्ष २०७८/७९ को असोज महिनासम्ममा २६.३६ प्रतिशत जनसंख्या बीमाको पहुँचमा पुगेको छ । बीमा समितिले दिएको जानकारी अनुसार अघिल्लो वर्षको असोज महिनामा बीमाको पहुँच २२.१६ प्रतिशत जनसंख्यामा पुगेको थियो ।

    यस अवधिमा जीवन बीमालेख संख्या २० प्रतिशतले बढेको छ । वैदेशिक रोजगार बीमालेख संख्या ३४, कुल जीवन बीमालेख १४ प्रतिशतले बढेको समितिले जनाएको छ । यस्तै, कुल निर्जीवन बीमालेख ०.१९ प्रतिशतले बढेको छ । जीवन बीमाशूल्क संकलन १८ प्रतिशत र निर्जीवन बीमाशूल्क २७ प्रतिशतले बढेको समितिले बताएको छ ।
     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij