काठमाडौं । सुनको मूल्य आज (मंगलबार) पनि बढेको छ । सोमबारको तुलनामा छापावाला सुन प्रतितोला २ सय रुपैयाँले बढेको हो ।
सोमबार प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन मंगलबार ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको हो ।
चाँदीको मूल्यमा भने स्थिर बनेको छ । सोमबार १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भएकोमा आज पनि सोही मूल्य तोकिएको सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।