काठमाडौं । यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्सका लागि नयाँ आवेदन खुलाएको छ । विभागले झन्डै छ महिनापछि नयाँ आवेदन खुलाएको हो ।
दोस्रो चरणको कोरोना महामारी फैलिएसँगै गत वैशाख १६ गतेदेखि लाइसेन्सको नयाँ आवेदन बन्द थियो । सोमबारदेखि नै नयाँ आवदेन खुला गरिएको यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भुसालले जानकारी दिएल ।
‘नयाँ आवेदन वेबसाइटमा गएर पहिलाको जसरी नै भर्न सकिन्छ, प्रवक्ता भुसालले भने ‘आवेदकको पालो भने फर्म भरेको चाररपाँच महिनापछि मात्रै आउँछ।’