सोमबार, असार ३० गते २०८२ Jul 14 2025 Monday
images
images

आइतबारदेखि उकालो लागेको नेप्से परिसूचक मंगलवार पनि निरन्तरता


  • 1.2K
    SHARES
  • https://indrenipost.com/index.php/posts/1425
    कात्तिक ९, २०७८ मंगलबार
    आइतबारदेखि उकालो लागेको नेप्से परिसूचक मंगलवार पनि निरन्तरता

    काठमाडौं । आइतवारदेखि उकालो लागेको नेप्से परिसूचकले मंगलवार पनि निरन्तरता पाएको छ । मंगलवार कारोबारको एक घण्टामा नेप्से परिसूचक २ दशमलव ७३ प्रतिशत अर्थात ७२ दशमलव ९६ अंकले बढेर २ हजार ७४५ दशमलव २१ विन्दुमा पुगेको छ ।

    उता, ठुला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव २५ प्रतिशत बृद्धि भई ५१५ दशमलव ९४ विन्दु कायम गरेको छ ।

    यो अवधिसम्म १ अर्ब ९२ करोड ५६ लाख ६८ हजार रुपैयाँ बराबरको ३४ लाख २४ हजार ८९८ कित्ता शेयर खरिद विक्री भएको छ ।

    यस अवधिसम्म कारोबारमा आएका सबै समूहका परिसूचक बढेको छ । वित्त समूहको परिसूचक यो अवधिसम्म सर्वाधिक ५ दशमलव २४ प्रतिशत बढेको छ ।

    वर्षभरिको लगानीको प्रतिफल भित्र्याउने समय भएकाले पनि ७ सय अंकभन्दा बढी घटीसेकेको नेप्से परिसूचकले पुनः गति लिएको जानकारहरुको भनाई छ ।

    कारोबारको एक घण्टाको अवधिसम्म राधी विद्युत र वेष्ट फाइनान्सको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij