सोमबार, असार ३० गते २०८२ Jul 14 2025 Monday
images
images

सूर्य लाइफ इन्स्योरेन्सको नयाँ लोगो सार्वजनिक


  • 1.5K
    SHARES
  • https://indrenipost.com/index.php/posts/1426
    कात्तिक ९, २०७८ मंगलबार
    सूर्य लाइफ इन्स्योरेन्सको नयाँ लोगो सार्वजनिक

    काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ । बीमा व्यवसायमा आफ्नो छुट्टै मौलिक पहिचान दिने उदेश्य सहित कम्पनीले नयाँ लोगो तथा आफ्नो मुल नारा समेत परिवर्तन गरेको छ।  कम्पनीको मूल नारा अब “सर्वे भवन्तु सुखिनः” रहने भएको छ।

    उक्त नयाँ लोगो कम्पनीको अध्यक्ष केशव प्रसाद भट्टराई, कम्पनीका संचालक विवेक झा तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले संयुक्तरुपमा अनावरण गरेका थिए ।

    पोखराको Mountain Glory Forest Resort मा आयोजित कार्यक्रममा कम्पनीको संचालक समितिका अध्यक्ष  भट्टराईले नयाँ लोगो सार्वजनिक भए संगै नयाँ पहिचानका साथ कम्पनी अझ सफलतापुर्वक अगाडि बढ्ने विश्वास ब्यक्त गरे । 

    त्यसै गरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत खडकाले नयाँ लोगो र नयाँ पहिचान भनेको बीमा सेवामा उत्कृष्टताको प्रतिबद्धता हो भन्दै, त्यसैले कम्पनी ब्यवस्थापन संचालक समिति, बीमित, अभिकर्ता र नियमनकारी निकाय सबैमा आफ्नो उत्कृष्ट पहिचान राख्न कटिबद्ध रहेको बताए । साथै उनले  कम्पनीलाई आगामी दिनमा मौलिक पहिचानका साथ अग्रणी तथा अब्बल कम्पनीको रुपमा नयाँ उचाईमा पु¥याउने प्रतिबद्धता समेत ब्यक्त गरेका थिए ।

    त्यस्तै, कम्पनीका संचालक विवेक झाले बीमाको महत्व र नयाँ लोगोको आवश्यकताको वारेमा प्रकाश पारेका थिए । उनले कम्पनीले अब आफ्नो छुट्टै पहिचान कायम गरी देशमा अब्बल कम्पनीको रुपमा स्थापित हुने यात्राको सुरुवात गरेको भन्दै नयाँ लोगोको नारा ‘सर्वे भवन्तु सुखिनः’ अर्थात ‘सबै सुखि हुन्’ कासाथ सुभारम्भ गरेको बताए।

    कार्यक्रममा झाले नयाँ लोगोका तीन रंग रातो, कालो र पहेंलोले कम्पनीको उद्धेश्यलाई स्पष्ट पार्ने  र कम्पनीले अब Bigger, Bolder र Brighter भएर अगाडी बढदै आफ्ना ग्राहकहरुको चाहना र सन्तुष्टीको ख्याल गर्दै आफ्ना सेवाहरुलाई केन्द्रमा राखि यसको बिशिष्टिकरणका लागि Technology र updated Management Philosophy को प्रयोगबाट गति दिने योजना रहेको जानकारी गराएका थिए । 

    दुई दिन सम्म संचालित उक्त कार्यक्रममा कम्पनीबाट आ.ब. २०७७/०७८मा ब्यवसाय विस्तारमा योगदान पुर्याएका कर्मचारी,अभिकर्ता, एजेन्सी मैनेजरहरु तथा शाखा कार्यालयहरुलाई बिभिन्न बिधामा अवार्ड प्रदान गरिएको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij