बुधबार, असार २५ गते २०८२ Jul 09 2025 Wednesday
images
images

आर्थिक सहयोग

एसिडपीडित मुस्कान खातुनलाई सरकारद्धारा पुनः पाँच लाख सहयोग


  • 1.4K
    SHARES
  • https://indrenipost.com/index.php/posts/1429
    कात्तिक ९, २०७८ मंगलबार
    एसिडपीडित मुस्कान खातुनलाई सरकारद्धारा पुनः पाँच लाख सहयोग

    जनकपुरधाम । दुई वर्षअघि एसिड आक्रमणमा परेकी वीरगञ्जकी मुस्कान खातुनलाई प्रदेश २ सरकारले दोस्रो पटक पाँच लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

    यसअघि नै प्रदेश २ सरकारले खातुनलाई पाँच लाख रुपैयाँ सहयोग गरेको थियो ।

    प्रदेश मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले खातुनलाई थप ५ लाख रकम सहयोग गर्ने निर्णय गरेको छ । खातुनको उपचार जारी रहेकाले उनलाई सहयोग गर्ने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

    यसअघि वीरगञ्ज महानगरपालिका कार्यालयले २ लाख र नगर प्रमुख विजय सरावगीको तलब भत्ताबाट एक लाख गरी जम्मा ३ लाख रुपैयाँ खातुनको उपचारका लागि प्रदान गरिएको थियो ।

    त्यस्तै, खातुनको उपचारका लागि संघीय सरकारले पनि रु ३ लाख सहयोग उपलब्ध गराएको थियो । वीरगञ्ज ४ स्थित गणेशमान चोकमा २० भदौ, २०७६ मा दुई युवकले मुस्कानमाथि एसिड प्रहार गरेका थिए ।

    यसअघि जनकपुरधामकी एसिडपीडित आरती साहलाई पनि प्रदेश २ सरकारले ५ लाख रुपैयाँ सहयोग गरेको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij