मंगलबार, असार १७ गते २०८२ Jul 01 2025 Tuesday
images
images

बागमती प्रदेश सरकार

मुख्यमन्त्री शाक्यले आज विश्वासको मत लिँदै


  • 1.3K
    SHARES
  • https://indrenipost.com/index.php/posts/1446
    कात्तिक १०, २०७८ बुधबार
    मुख्यमन्त्री शाक्यले आज विश्वासको मत लिँदै

    हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतमाथि मत विभाजन आज हुने भएको छ । आज दिउँसो १ बजे बस्ने प्रदेशसभामा मुख्यमन्त्री शाक्यको विश्वासको मतको प्रस्तावमा मत विभाजन हुन लागेको हो । 

    मतदानको लागि आवश्यक सम्पुर्ण तयारी पूरा भइसकेको प्रदेशसभा सचिवालयले जनाएको छ । मतदानका लागि सत्तापक्ष र प्रतिपक्षलाई छुट्टाछुट्टै कक्षको व्यवस्था मिलाइएको र अधिकृतसहितका कर्मचारी खटाइने प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

    प्रदेशसभाले विश्वासको मत विभाजनका लागि कार्यविधि पनि तयार गरिसकेको छ । कार्यव्यवस्था तथा परामर्श समितिअन्तर्गत रहेर गठन गरिएको उपसमितिले ‘दस्तखतसहितको मत विभाजन सम्बन्धि कार्यविधि–२०७८’ तयार गरेको छ । कार्यविधिमा पक्ष, विपक्ष र नो भोटको व्यवस्था गरिएको छ । 

    गत असोज २४ बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मतसम्बन्धी प्रस्ताव टेबुल गरेकी थिइन् । कात्तिक ४ गतेको बैठकमा सो प्रस्तावमाथि छलफल भएको थियो । प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै दलका नेताले प्रस्तावमाथि आ–आफ्नो विचार राखेका थिए ।

    विपक्षी गठबन्धनले नेकपा ९एकीकृत समाजवादी०का संसदीय दल नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीका रूपमा अगाडि बनाउने निर्णय गरिसकेको छ । बागमतीमा एकीकृत समाजवादी र नेपाली कांग्रेसले आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति पनि भएको छ ।

    मुख्यमन्त्री शाक्य भदौ २ मा नेपालकै पहिलो महिला मुख्यमन्त्री बनेकी थिइन् । नेकपा (एमाले)का १३ सांसद एकीकृत समाजवादीतिर लागेपछि शाक्य अल्पमतमा परेकी हुन् । 

    मुख्यमन्त्री शाक्यसँग हाल सभामुखसहित ४३ जना सांसद् छन् । प्रदेश सभामा एमालेका ४३‚ माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३‚ विवेकशील साझा पार्टीका ३‚ नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका दुईरदुई तथा जनता समाजवादी पार्टीका १ सांसद् छन् । विश्वासको मत पाउन ५५ सांसदको समर्थन चाहिन्छ ।

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij