बुधबार, असार २५ गते २०८२ Jul 09 2025 Wednesday
images
images

संस्कार-संस्कृति

तिहार सकियो, छठको तयारी सुरु


  • 3.7K
    SHARES
  • https://indrenipost.com/index.php/posts/1566
    कात्तिक २१, २०७८ आइतबार
    तिहार सकियो, छठको तयारी सुरु

    जनकपुरधाम । मिथिला क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठ पर्वको तयारी थालिएको छ । तिहार सकिएसँगै तराई–मधेसवासी छठ पूजाका सामग्री किनमेल गर्न व्यस्त देखिएका छन् । 

    अहिले जनकपुरधामसहित सम्पूर्ण तराई–मधेसका प्रमुख बजारमा निकै चहलपहल बढेको छ । हिजो शनिबार भाइटीका लगाएसँगै यस वर्षको तिहार पर्व पूरा भएको हो ।  

    लक्ष्मी पूजाको चार दिनपछि अर्थात् कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट छठ पर्व विधिवत् रूपमा आरम्भ हुन्छ । छठ पूजाका लागि चाहिने सामग्री, हरिया तरकारी र फलफूल किन्नेको निकै भीडभाड देखिएको छ । 

    खासगरी छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, उखु, हरियो बोडी, पानी सिङ्गडा, मुला, अदुवाको बोट पर्छन् । यो समय माटो तथा बाँसका सामग्री खरिदसमेत गरिन्छ ।

    अहिले छठपर्व मनाउनेहरू पोखरीका डिल र नदीका तट सरसफाइ गर्दै आफ्ना लागि पूजास्थल सुरक्षित बनाउन थालेका छन् । घाटमा लाखौँ रकम खर्चेर सरसफाइ, सजावट र व्यवस्थापनका लागि काम पनि धमाधम भइरहेका छन् । 

    स्थानीय एफएम रेडियोले अहिले छठका गीत बजाउन सुरु गरेका छन्।

    जनकपुरको गङ्गा सागर, धनुष सागर, अग्निकुण्ड, अङ्गराजसर, दशरथ तलाउलगायतका पोखरीजस्ता स्थानमा सूर्य देवता र छठी माताको पूजा आराधनाका लागि विशेष साजसज्जा गर्न थालिएको छ । युवा क्लब र संस्थाको अग्रसरतामा जनकपुरका विभिन्न पोखरी तथा सरोवरलाई सिङ्गार्न जुटेका छन्।

    छठ पूजाका लागि जनकपुरका व्रतालुहरू राति पूजा स्थानमै बस्छन् भने ग्रामीण क्षेत्रमा अधिकांश व्रतालु साँझ घर फर्कछन् र भोलिपल्ट बिहानै घाटमा गएर उदाउँदो सूर्यलाई अघ्र्य दिने गरिन्छ। 

    विशेषगरी, भाकल गरेकाले यो पर्व मनाउँछन् । यो पर्व  मनाउँदा चर्मरोग निको हुने, पुत्रलाभ, आर्थिक समृद्धि तथा सुख, शान्ति प्राप्त हुने जनविश्वास छ । सोमबारदेखि सुरु भएको पर्वअन्तर्गत बुधबार साँझ अस्ताउँदो सूर्यलाई र बिहीबार उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सम्पन्न हुन्छ । 

    images


    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij