बुधबार, असार २५ गते २०८२ Jul 09 2025 Wednesday
images
images

पुष्प व्यवसाय

तिहारमा मालाको भव्य खपत : २१ लाखभन्दा धेरै माला बिक्रि


  • 2.2K
    SHARES
  • https://indrenipost.com/index.php/posts/1590
    कात्तिक २१, २०७८ आइतबार
    तिहारमा मालाको भव्य खपत : २१ लाखभन्दा धेरै माला बिक्रि

    काठमाडौं । यो वर्षको तिहारमा मालाको खपत बढेको छ । नेपाल फ्लोरिकल्चर एसोसिएसनले अघिल्लो वर्षको तुलनामा मालाको खपत बढेको बताएको हो । १८ लाख माला खपत हुने अनुमान गरेकोमा २१ लाख ३५ हजार माला खपत भएको एसोसिएसनले बताएको छ ।

    तिहारमा १८ लाख १५ हजार सयपत्री माला, ३ लाख मखमली माला र १५ हजार गोदावरी फूलको माला कारोबार भएको छ । यो वर्ष सयपत्री फूलको प्रति मालाको खुद्रा मूल्य १५०/२०० रुपैयाँसम्म र मखमली फूलको प्रति माला १०० रुपैयाँसम्म कारोबार भएको छ ।

    तिहारमा यमपञ्चदेखि पाँच दिनसम्म धेरै माला खपत हुने गर्छ । पाँच दिनको समयमा सयपत्री फूलको मालाको माग धेरै हुने गरेको महासंघको भनाई छ । भाइटिकाको दिन भने मखमली फूलको मालाको खपत धेरै हुन्छ ।

    अघिल्लो वर्ष करिब १६ लाख माला मात्रै कारोबार भएको थियो । यस वर्षको तिहारमा खपत भएको सयपत्रीको मालाको ८५ प्रतिशत माग आन्तरिक उत्पादनले धान्ने र १५ प्रतिशत माला भारतबाट आयात हुने अनुमान थियो । तर, भारतबाट ३० प्रतिशतभन्दा बढी माला आयात भएपछि नेपाली उत्पादन खेर गएको पुष्प व्यवसायीको गुनासो छ ।

    नेपालका ३२ वटा जिल्लामा व्यवसायीक रुपमा फूल खेती हुँदै आएको छ । प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, सुदूर पश्चिमाञ्चल प्रदेशका जिल्लामा खेती हुने गरेको एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij