मंगलबार, असार १७ गते २०८२ Jul 01 2025 Tuesday
images
images

१४ औँ महाधिवेशन तयारी

रोकिएको काँग्रेस महाधिवेशन आजदेखि


  • 982
    SHARES
  • https://indrenipost.com/index.php/posts/1752
    कात्तिक २७, २०७८ शनिबार
    रोकिएको काँग्रेस महाधिवेशन आजदेखि

    काठमाडौं । चाडबाडका कारण बीचमा रोकिएको नेपाली काँग्रेसको १४ औँ महाधिवेशन प्रक्रिया पुनः अगाडि बढाइने भएको छ । दशैँ तिहार, नेपाल  संवत् र छठ पर्वका कारण स्थगित काँग्रेसको महाधिवेशन प्रक्रिया शनिबार सुरु गर्न लागिएको हो । 

    काँग्रेसले ६४ जिल्लाहरुमा यसअघि नै अधिवेशन प्रक्रिया सुरु गरेको थियो । जसमध्ये तराई र पहाडका जिल्लाहरुमा वडा र गाउँरनगरपालिका अधिवेशन सम्पन्न भइसकेका छन् । 

    ५१ जिल्लाहरुमा वडा र स्थानीय तहको अधिवेशन कांग्रेसले सम्पन्न गरिसकेको छ । हिमालका १३ जिल्लाहरुमा अधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व पनि आइसकेका छन् । 

    २१ हिमाली जिल्लामध्ये ताप्लेजुङ, संखुवासभा, रामेछाप, दोलखा, गोरखा, मनाङ, मुस्ताङ, पूर्वी रुकुम, कालिकोट, मुगु, हुम्ला, बझाङ र बाजुरामा जिल्ला अधिवेशनबाट कांग्रेसमा नयाँ नेतृत्व आइसकेको छ ।

    क्रियाशील सदस्यता र समायोजनमा विवाद भएपछि महाधिवेशन प्रक्रिया सुरु हुन नसकेका १३ जिल्लामा काँग्रेसले शनिबारबाट वडा अधिवेशन सुरु गर्दैछ । यी जिल्लामा कात्तिक ३० गते गाउँ(नगरपालिका अधिवेशन निर्धारण गरिएको छ ।  

    प्रदेश २ का आठ, सुदूरपश्चिमको कैलाली, कर्णालीको सुर्खेत र डोल्पा, लुम्बिनीको बाँके तथा बागमतीको रसुवा जिल्लामा वडा अधिवेशन सुरु हुँदैछ ।

    कांग्रेसले वडा र पालिका अधिवेशन सम्पन्न गरिसकेका ५१ र वडा अधिवेशन सुरु नभएका १३ जिल्लाहरुमा एकसाथ प्रदेश सभा अधिवेशन गर्ने तयारी गरेको छ । 

    १३ जिल्लामा वडा र पालिका अधिवेशन सम्पन्न भइसकेपछि आगामी मंसिर ३ गते ६४ जिल्लाहरुमा एकसाथ प्रदेश सभा अधिवेशन सुरु गरिने कांग्रेसको कार्यतालिका छ । 

    कार्यतालिकाअनुसार मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन, मंसिर १० गते जिल्ला अधिवेशन र मंसिर १६ र १७ गते सात वटै प्रदेशको अधिवेशन हुनेछ । 

    मंसिर २४ देखि २६ सम्म कांग्रेसले काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका तय भइसकेको छ ।  

  • सम्बन्धित विषय:

  • # नेपाली काँग्रेस
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij