मंगलबार, असार १७ गते २०८२ Jul 01 2025 Tuesday
images
images

गृह मन्त्री लेखकलाई भेटे गायिका एलिना र समीक्षाले


  • 676
    SHARES
  • https://indrenipost.com/index.php/posts/9403
    असार १७, २०८२ मंगलबार
    गृह मन्त्री लेखकलाई भेटे गायिका एलिना र समीक्षाले

    काठमाडौँ, १७ असार । सामाजिक सञ्जालमा ब्यापक दुर्व्यवहार भोगिरहेका गायिका एलिना चौहान र समिक्षा अधिकारीले गृहमन्त्री रमेश लेखकसँग गृह मन्त्रालयमा भेटघाट गरेका छन्।  

    पछिल्लो समयमा आफूमाथि सामाजिक सञ्जालबाट हिंसा गर्नेहरूको नाम सार्वजनिक गर्दै आएका आफूहरूले भोगिरहेको समस्याबारे भेटघाट गरेर आफ्नो गुनासो पोखेका छन। 

    गायिका चौहानले गृहमन्त्रीसँग को भेटपछि सामाजिक सञ्जालमा लेखेकी छिन,  ‘म यहाँसम्म तपाईँहरूको माया र साथले आइपुगेकी हुँ। तपाईँहरूको समर्थन नै मेरो आत्मबल हो। तर सबैले सधैँ राम्रै सोच्नु पर्ने अपेक्षा गर्न सकिन्न, त्यो स्वाभाविक हो। तर जब कुराहरू व्यक्तिगत जीवनमा आँच पुर्‍याउने तहमा पुग्छन्, गालीगलौज र चरित्र हत्या जस्ता कार्यहरू भइरहन्छन्, त्यो सहन सहिदैन।

    जसले यस्ता कुरा गरिरहेका छन्, ती मेरो फ्यान होइनान तिनिहरु मेरो मन दुखाउन चाहने पात्र मात्र हुन्। त्यसैले आत्म सम्मानको रक्षा गर्न बाध्य भई मैले कानुनी प्रक्रिया अघि बढाएकी छु। यो कुनै रिस वा घृणाले होइन, आफ्नो अस्तित्वको सुरक्षा गर्ने अधिकारले उठाइएको पहिलो कदम हो।

    यस विषयमा आवश्यक सहयोग प्रदान गर्नु भएकोमा माननीय गृहमन्त्री श्री रमेश लेखकज्यूलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। तपाईँहरूको साथ र सद्भावनाले मलाई अझ अघि बढ्ने हिम्मत दिएको छ।’

    आफ्नो सामाजिक सञ्जालमा आएर जथाभाबी लेख्ने, अश्लील गाली गलौज गर्ने विरुद्ध पनि कारबाही गर्न माग गृहमन्त्री सँग राखेका छन।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij