मंगलबार, असार १७ गते २०८२ Jul 01 2025 Tuesday
images
images

विनियोजन विधेयकको विनियोजन शीर्षकबारे राष्ट्रियसभामा छलफल


  • 541
    SHARES
  • https://indrenipost.com/index.php/posts/9401
    असार १७, २०८२ मंगलबार

    काठमाडौँ, १७ असारः राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत राष्ट्रपति, उपराष्ट्रपति कार्यालय र राष्ट्रिय योजना आयोगसहित विभिन्न मन्त्रालयको बिनियोजन शीर्षकमाथि सामूहिक रूपमा छलफल सुरु भएको छ । 

    जारी बैठकमा सांसद सांसद भगवती न्यौपानेले बजेट प्रणाली सुधारका लागि नीतिगत डिपार्चर अपरिहार्य रहेको उल्लेख गर्दै यसो भएमा मात्रै देशको विकास हुने कुरामा जोड दिए । उनले आवश्यकता र औचित्यका आधारमा आयोजना छनौट गरी पर्याप्त बजेट विनियोजन गरेर कार्यान्वयन संयन्त्रकासाथ अगाडि बढ्न सकेको अवश्थामा समानुपातिक विकास हुने विश्वास व्यक्त गरे । 

    सांसद राधेश्याम पासवानले बजेटको स्रोत व्यवस्थापन र आवश्यकताका आधारमा बजेट विनियोजन हुनुपर्नेमा जोड दिएका छन । 

    बैठकको कार्यसूची अनुसार आज राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्याल, राष्ट्रिय योजना आयोगसहित विभिन्न मन्त्रालयसहित ११ शीर्षकमाथि छलफल हुनेछ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयको विनियोजन शीर्षकमाथि छलफल हुनेछ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij