मंगलबार, असार १७ गते २०८२ Jul 01 2025 Tuesday
images
images

काँग्रेस पदाधिकारी बैठक बस्दै


  • 1.5K
    SHARES
  • https://indrenipost.com/index.php/posts/1758
    कात्तिक २७, २०७८ शनिबार
    काँग्रेस पदाधिकारी बैठक बस्दै

    काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बस्दैछ । प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आज बैठक बस्ने देउवाको सचिवालयले जनाएको छ ।

    बैठकमा आइतबार बस्ने पार्टीको केन्द्रीय समिति बैठकको तयारी र पार्टीको आसन्न १४ औं महाधिवेशनबारे छलफल गर्ने तयारी रहेको बताइएको छ । महाधिवेशनको मिति पटकपटक सर्दै आएकाले यसपटक पनि अन्तिम समयमा आएर सर्ने शंका उत्पन्न भएको छ ।

    महाधिवेशनमा नेतृत्वको आकांक्षी र गुटका कारण सस्थापन र सस्थापनइतर समूहबीच तीव्र मतभेद छ । शुक्रबार वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पक्षीय केन्द्रीय सदस्यहरुको बैठक राखेका थिए । बिहीबार सभापति देउवाले पनि आफ्नो समूहका नेताहरुसँग छुट्टै छलफल गरेका थिए ।

    सस्थापन र सस्थापनइतर समूहबाट सभापतिका लागि साझा उम्मेद्वार उठाउने प्रयास भइरहे पनि आकांक्षी धेरै देखिएका छन् । काँग्रेसको प्रदेश अधिवेशन मंसिर १६ र १७ तथा केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा गर्ने तयारी छ ।

  • सम्बन्धित विषय:

  • # नेपाली काँग्रेस
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij