आइतबार, असार २९ गते २०८२ Jul 13 2025 Sunday
images
images

नेप्सेमा थोरै अंकको गिरावट, चार कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट


  • 2.4K
    SHARES
  • https://indrenipost.com/index.php/posts/1803
    कात्तिक २८, २०७८ आइतबार
    नेप्सेमा थोरै अंकको गिरावट, चार कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबाको पहिलो दिन आज आइतबार झिनो अंकको गिरावट भएको छ । नेप्से आज १.३८ अंकले घटेर दुई हजार ६ सय ८८ दशमलब ९२ विन्दुमा पुगेको छ । त्यस्तै, आज नेप्सेमा ४ अर्ब ९ करोड ६२ लाख बराबरको कारोबार भएको छ ।  

    नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये चार कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्यमा उच्च बृद्धि हुनेमा बोटलर्स नेपाल, महालक्ष्मी विकास बैंक, तेह्रथुम पावर कम्पनी र मनुसी लघुवित्त वित्तीय संस्था रहेका छन् । आज यी कम्पनीहरुको शेयरमूल्य सर्किट लेभलमा बढेको छ ।          

    बोटलर्स नेपालको शेयरमूल्य १० प्रतिशतले बढेर आज प्रतिकित्ता ११८२५ रुपैयाँ पुगेको छ भने महालक्ष्मी विकास बैंकको शेयरमूल्य बढेर प्रतिकित्ता ७८५ रुपैयाँ, तेह्रथुम पावर कम्पनीको शेयरमूल्य प्रतिकित्ता ४३९.४० रुपैयाँ र मनुषी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य बढेर प्रतिकित्ता १०२१.५० रुपैयाँ पुगेको छ ।         

    त्यस्तै, आज हाइड्रो इलेक्ट्रोसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार महालक्ष्मी विकास बैंकको भएको छ । यस बैंकको आज २७ करोड भन्दा बढीको कारोबार भएको छ ।         

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij