काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रूपैयाँ तोकिएको छ। आइतबार प्रतितोला ९४ हजार ६०० रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै‚ तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ८०० रूपैयाँ तोकिएको छ । जसको मूल्य आइतबार प्रतितोला ९४ हजार १०० रूपैयाँ थियो ।
त्यस्तै‚ सोमबार चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ घटेको छ । महासंघले आज प्रतितोला एक हजार २८० रूपैयाँ मूल्य कायम गरेको छ ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८५७ डलर आसपासमा कारोबार भइरहेको छ ।