आइतबार, असार २९ गते २०८२ Jul 13 2025 Sunday
images
images

नेप्सेमा दोहोरो अंकको बृद्धि, बढ्न सकेन कारोबार


  • 946
    SHARES
  • https://indrenipost.com/index.php/posts/1832
    कात्तिक २९, २०७८ सोमबार
    नेप्सेमा दोहोरो अंकको बृद्धि, बढ्न सकेन कारोबार

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबाको दोस्रो दिन आज सोमबार झिनो अंकको गिरावट भएको छ । नेप्से आज २६.४४ अंकले बढेर दुई हजार ७ सय १५ दशमलब ३५ विन्दुमा पुगेको छ ।

    त्यस्तै, आज नेप्सेमा ४ अर्ब ७३ करोड ४६ लाख बराबरको कारोबार भएको छ । आइतबार पनि चार अर्बको कारोबार भएको थियो ।     

    नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये चार कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्यमा उच्च बृद्धि हुनेमा बोटलर्स नेपाल तराई लिमिटेड, मनुषी लघुवित्त वित्तीय संस्था, तेह्रथुम पावर कम्पनी र मैलुङखोला जलविद्युत कम्पनी रहेका छन् । आज यी कम्पनीहरुको शेयरमूल्य आज सर्किट लेभलमा बढेको छ ।    

    त्यस्तै, आज महालक्ष्मी विकास बैंकको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यस कम्पनीको शेयरमूल्य ४.४६ प्रतिशतले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार महालक्ष्मी विकास बैंकको भएको छ ।

    यस बैंकको आज ३५ करोड ४६ लाख भन्दा बढीको कारोबार भएको छ । हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको शेयर सबैभन्दा बढी संख्यामा किनबेच भएको छ । आज यसको ८ लाख ९८ हजार कित्ता शेयर किनबेच भएको हो ।      

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij