आइतबार, असार २९ गते २०८२ Jul 13 2025 Sunday
images
images

विद्युत् प्राधिकरण

भारतलाई विद्युत् बेचेर नेपालले २ सातामा कमायो ६ करोड


  • 1.4K
    SHARES
  • https://indrenipost.com/index.php/posts/1843
    कात्तिक ३०, २०७८ मंगलबार
    भारतलाई विद्युत् बेचेर नेपालले २ सातामा कमायो ६ करोड

    काठमाडौं । नेपालले छिमेकी भारतलाई अहिलेसम्म ६ करोड रुपैयाँभन्दा बढी मूल्यको विद्युत् बेचिसकेको छ । 

    विद्युत् बेच्ने अनुमति पाएको २ साताभित्र भारतलाई ३ करोड ७७ लाख २ हजार भारु (नेपाली ६ करोड ३ लाख २३ हजार रुपैयाँ)को विद्युत् बेचिएको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ ।

    प्राधिकरणका अनुसार यही कात्तिक २३ गते सबैभन्दा बढी प्रतियुनिट औसत ५ रुपैयाँ ३ पैसा मूल्य प्राप्त भएको छ । यस्तै सबैभन्दा कम कात्तिक १८ गते प्रतियुनिट औसत ३ रुपैयाँ १३ पैसामा विद्युत् बिक्री गरिएको छ । 

    प्राधिकरणका अनुसार हाल नेपालले भारतको एक्सचेन्ज मार्केटमा दैनिक ३९ मेगावाट (९३ हजार ६ सय युनिट) बिजुली बेचिरहेको छ । यसमध्ये २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट जलविद्युत् आयोजनाबाट विद्युत् भारतमा लगिएको छ । 

    स्वदेशमा बढी भएको विद्युत् मात्र भारत पठाइरहेको विद्युत् प्राधिकरणको भनाइ छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij