आइतबार, असार २९ गते २०८२ Jul 13 2025 Sunday
images
images

सुनको मूल्यमा प्रतितोला रु ५०० ले वृद्धि


  • 2.1K
    SHARES
  • https://indrenipost.com/index.php/posts/1849
    कात्तिक ३०, २०७८ मंगलबार
    सुनको मूल्यमा प्रतितोला रु ५०० ले वृद्धि

    काठमाडौँ । नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ५०० ले वृद्धि भएर रु ९४ हजार ८०० कायम भएको छ ।

    सोमबार सुन प्रतितोला रु ९४ हजार ३०० मा कारोबार भएको थियो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार ३०० रहेको छ । अघिल्लो दिन तेजाबी सुन प्रतितोला रु ९३ हजार ८०० तोकिएको थियो ।

    त्यस्तै आज चाँदीको मूल्य सोमबारका तुलनामा रु १० ले वृद्धि भएर रु एक हजार २९० कायम भएको महासङ्घले जनाएको छ । चाँदी शुक्रबार प्रतितोला रु एक हजार २८० मा कारोबार भएको थियो ।

    अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८६६ डलर आसपासमा कारोबार भइरहेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij