आइतबार, असार २९ गते २०८२ Jul 13 2025 Sunday
images
images

नेपालमा कफी निर्यात उत्साहजनक, बुधबारदेखि नयाँ मूल्य लागू


  • 1.2K
    SHARES
  • https://indrenipost.com/index.php/posts/1860
    कात्तिक ३०, २०७८ मंगलबार
    नेपालमा कफी निर्यात उत्साहजनक, बुधबारदेखि नयाँ मूल्य लागू

    काठमाडौं । कोभिड संकटको बेलामा पनि नेपालमा कफीको निर्यात उत्साहजनक रहेको एक तथ्यांकले देखाएको छ । 

    भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/७७ मा ५ करोड ७७ लाख रुपैयाँ बराबरको कफी निर्यात गरेको नेपालले आर्थिक वर्ष २०७७/७८ मा ९ करोड ६० लाख रुपैयाँ बराबरको निर्यात गरेको छ ।

    कोभिडका कारण विश्व नै आर्थिक संकटमा परेको बेलामा पनि नेपालमा भने यसको निर्यात करिब डेढ वर्षको बीचमा दोब्बर देखिएको भन्सार विभागको तथ्यांकले नै पुष्टि गरेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले बताए ।

    १७औं कफी दिवसको अवसर पारेर मंगलबार कीर्तिपुरमा पत्रकार सम्मेलन गरी उनले कोभिड कालमा पनि कफीको निर्यातमा देखिएको उत्साहले नेपालको समृद्धिमा पनि यसले महत्त्वपूर्ण योगदान पुर्‍याउन सक्ने देखिएको बताए ।

    बोर्डले आगामी आर्थिक वर्षदेखि ‘युवा लक्षित कफी विस्तार’ कार्यक्रम सञ्चालन गर्ने घोषणा पनि गरेको छ । बोर्डका कार्यकारी निर्देशक भट्टराईले युवाहरुलाई रोजगारीको अवसर दिन र मुलुकको समृद्धिमा योगदान पुर्‍याउन पनि आगामी आर्थिक वर्षबाट सो कार्यक्रम सञ्चालन गर्ने योजना तय गरिएको बताए ।

    बोर्डले त्यसका लागि प्रदेश २ बाहेक अन्य ६ वटा प्रदेशहरुमा आवश्यक नीतिगत योजना तय गरिएको पनि जनाएको छ । भोलिदेखि लागू हुनेगरी कफीको मूल्य पनि सार्वजनिक गरिएको छ ।

    बोर्डका अनुसार किसानको लागत मूल्य र सरोकारवालाहरुको सुझावलाई आधार बनाएर यस वर्ष पनि कफीको मूल्य निर्धारण गरिएको हो । जस अनुसार फ्रेस चेरी ग्रेड ए कच्चा कफीको मूल्य प्रतिकेजी ९० रुपैयाँ तोकिएको बोर्डका कार्यकारी निर्देशक भट्टराईले बताए ।

    त्यसैगरी, ग्रेड बीको कफीको प्रतिकेजी ८० रुपैयाँ मूल्य तोकिएको छ । पार्चमेन्ट ग्रेड ए कच्चा कफीको मूल्य प्रतिकेजी ४५० रुपैयाँ र ग्रेड बीको सोही कफीको मूल्य ३९७ निर्धारण गरिएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij