मंगलबार, असार १७ गते २०८२ Jul 01 2025 Tuesday
images
images

क्यानडामा बाढीको बितन्डा


  • 4.2K
    SHARES
  • https://indrenipost.com/index.php/posts/1899
    मंसिर २, २०७८ बिहीबार
    क्यानडामा बाढीको बितन्डा

    उत्तर अमेरिकी मुलुक क्यानडाको ब्रिटिस कोलम्बिया प्रान्तमा भीषण वर्षापछि आएको बाढी र डुबानले जनजीवन प्रभावित भएको छ । समाचार संस्था रोयटर्सका अनुसार त्यहाँका अधिकारीहरूले बिहीबार दिउँसोसम्म १ जनाको मृत्यु भएको र तीन जना हराइरहेको जानकारी दिएका छन् ।

    p3.jpg

    वर्षापछि आएको बाढी(पहिरोले राष्ट्रिय राजमार्ग ठाउँ(ठाउँमा बगाएको छ । पहाडी भू(भागका धेरै बस्तीहरू सम्पर्कविच्छेद भएका प्रान्तमा संकटकाल घोषणा गरिएको छ ।

    p2.jpg

    अमेरिका(क्यानडा(मेक्सिकोको सम्मेलनका लागि वासिङ्टनमा रहेका  प्रधानमन्त्री जस्टिन ट्रडोले बाढी र डुबानमा फसेकाहरूको उद्धारका लागि वायु सेना परिचालन गरिएको बताएका छन् । 

    p5.jpg

    ब्रिटिस कोलम्बियाले केही महिनाभित्र भोगेको यो दोस्रो प्राकृतिक विपत्ति हो । यसअघि गत जुनमा त्यहाँको जंगलमा भीषण आगलागी भएको थियो । आगलागीमा एउटा सहर नै जलेको थियो । 

    p4.jpg

    images


    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij