आइतबार, असार २९ गते २०८२ Jul 13 2025 Sunday
images
images

यस्तो रह्यो, यो साताको सेयर बजार


  • 1.2K
    SHARES
  • https://indrenipost.com/index.php/posts/1903
    मंसिर २, २०७८ बिहीबार
    यस्तो रह्यो, यो साताको सेयर बजार

    काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर परिसुचक ३२.३९ अंकले बजार घटेको छ । सेयर मूल्य मापन गर्ने नेपाल स्टक एक्सचेन्ज इन्डेक्स २७६९.१३  बिन्दूमा आएको छ । बुधबार नेप्से २८०० बिन्दू नाघेको थियो । 

    नेपाल स्टक एक्सचेन्ज ९नेप्से०मा सूचीकृत  ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स पनि ४.२५ अंक अर्थात् ०.८१ प्रतिशतले घटेको छ । बिहिबार २ सय २४ कम्पनीका सेयर ७० हजार ३७ पटक कारोबार भएको छ ।

    बिहीबार ६ अर्व २७ करोड १८ लाख ६७ हजार ३ सय ३० रूपैयाँ बराबरको ९८ लाख ६२ हजार ९ सय ४० सेयर कारोबार भएको छ ।

    साताको पहिलोदिन आइतबार १.३८ अंकले घटेको बजार सोमबार, मंगलबार तथा बधुबार भने केही बढेको थियो ।

    बिहिबारको कारोबारमा मानुसी लघुवित्तको सेयरमा सर्किट ब्रेकर लागको छ । आजको कारोबारमा २२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १६० वटा कम्पनीको सेयर मूल्य घटेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij