आइतबार, असार २९ गते २०८२ Jul 13 2025 Sunday
images
images

दुई दिन नबित्दै ९५ ऋणी कालोसूचीमा (सूचीसहित)


  • 1.9K
    SHARES
  • https://indrenipost.com/index.php/posts/1929
    मंसिर ३, २०७८ शुक्रबार
    दुई दिन नबित्दै ९५ ऋणी कालोसूचीमा (सूचीसहित)

    काठमाडौं । कर्जा सूचना केन्द्रले मंसिर महिनाको सुरुवाती दुई दिनमै ९५ जना उद्योगी व्यापारी, कम्पनी तथा व्यक्तिहरू कालोसूचीमा राखेको छ । बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण लामो समयसम्म नतिरेपछि त्यस्ता व्यक्ति तथा कम्पनीलाई कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको हो ।     

    केन्द्रले जारी गरेको सूचीमा यस महिनाको दुई दिन भित्रमा थपिएकाहरू मध्ये स्थापित निर्माण व्यवसायीदेखि उद्योगी लगायत तरकारी व्यापारीसमेत छन् । त्यस्तै, कृषि उद्यमी, मार्ट, खुद्रा पसलेदेखि ज्वलरि पसल लगायत व्यक्तिहरूसमेत यस अवधिका कालोसूचीमा परेका हुन् ।   

    कर्जा सूचना केन्द्रका अनुसार मंसिर महिनाको पहिलो दिन १ गते श्री ओम ट्रेडर्स एन्ड सप्लायर्स, भोट खोला कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्राइभेट लिमिटेड, श्रीति सप्लायर्स, ओम साई एन्ड कम्पनीलगायत ३८ ऋणीहरू कालोसूचीमा परेका छन् ।  

    त्यस्तै, यस महिनाको दोस्रो दिन मंसिर दुई गते रागिनी सप्लायर्स, माँ पीताम्बर ब्याग उद्योग, भरतपुर तरकारी तथा फलफूल, ओम लक्ष्मी ज्वलर्स, न्यु पिके ट्रेडर्स, आरम्भ पोल्ट्रि एन्ड ब्रिडिङ प्राइभेट लिमिटेड, न्यु जय बजरङ्ग गिट्टी बालुवा प्रशोधन एन्ड क्रसर उद्योग लगायत ५६ जना व्यक्ति तथा कम्पनीलाई कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको जनाएको छ ।  

    यी हुन् कालोसूचीमा पर्ने व्यक्ति तथा कम्पनी :

    p1.jpg

    p2.jpg


    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij