काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार शनिबारको विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर अधिकतम ११८ रुपैयाँ ४८ पैसा र विक्रीदर ११९ रुपैयाँ ०८ पैसा पुगेको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १३३ रुपैयाँ ७४ पैसा र विक्रीदर १३४ रुपैयाँ ४२ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ एकको खरिददर १५८ रुपैयाँ ९१ पैसा र विक्रीदर १५९ रुपैयाँ ७१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यता जापानी यन आज १० को खरिददर नेपाली १० रुपैयाँ ४१ पैसा र विक्रीदर १० रुपैयाँ ४६ पैसा रहेको छ भने चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ५४ पैसा र विक्रीदर १८ रुपैयाँ ६४ पैसा रहेको बैंकले जनाएको छ ।
यता साउदी अरेबियन रियाल आज एकको खरिददर ३१ रुपैयाँ ५९ पैसा र विक्रीदर ३१ रुपैयाँ ७५ पैसा रहेकोमा कतारी रियाल आज एकको खरिदर अधिकतम ३२ रुपैयाँ ३८ पैसा र विक्रीदर ३२ रुपैयाँ ५५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।