आइतबार, असार २९ गते २०८२ Jul 13 2025 Sunday
images
images

नेपाली नर्सको बेलायतमा पारिश्रमिक कति होला ?


  • 1.3K
    SHARES
  • https://indrenipost.com/index.php/posts/1952
    मंसिर ४, २०७८ शनिबार
    नेपाली नर्सको बेलायतमा पारिश्रमिक कति होला ?

    काठमाडौं । नेपाली नर्सले बेलायतमा रोजगारी पाउने भएका छन्। १० हजार नर्सलाई बेलायतमा रोजगारीका लागि पठाउने तयारी भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले बताए ।

    शुक्रवार वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव गौतमले नेपाली नर्सलाई  बेलायतबाट रोजगारीको अवसर आएको बताए। केही दिनअघि नेपालस्थित बेलायती दुतावासले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग श्रम सम्झौता गरेर १० हजार नर्स बेलायत लैजान प्रताव गरेको थियो ।

    उक्त प्रतावमाथि छलफल गरी सम्झौताको खाका निर्माण गर्ने तयारी भइरहेको  सचिव गौतमको भनाइ छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले नेपालले नयाँ सुरक्षित श्रम गन्तव्यको  खोजी गरिरहेको बताएका छन् । ‘

    हामी बेलायतजस्तो श्रम गन्तव्यको खोजीमा छौं,’ उनले भने‚ ‘त्यस्ता मुलुकसँग श्रम सम्झौता गरेर श्रमिक पठाउने व्यवस्था गर्ने छौं ।’

    मासिक  साढे दुई लाख तलब   

    बेलायतमा रोजगारीका लागि जाने नर्सको मासिक पारिश्रमिक २ लाख ५० हजार रूपैयाँ हुने मन्त्रालयले जनाएको छ । रोजगारीमा बेलायत पठाउँदा रोजगारीको ग्यारेन्टी, पारिवारिक सुविधा, स्वास्थ्यसँगै रोजगार र बिमा, आवतजावत खर्च, तलब प्रष्ट खुलाएर, उनीहरूको सम्पूर्ण खर्च रोजगारदाता कम्पनीले बेहोर्ने गरी सम्झौता हुने सचिव गौतमले बताए । 

    दुबै देशबीच श्रम सम्झौता गरी सन् २०२२ को अन्त्यसम्म नर्स पठाउने वातावरण मिलाउने मन्त्रालयले जनाएको छ । बेलायत जाने नर्सले तालिम तथा अस्पतालमा काम गरेको अनुभव हुनु पर्नेछ । बेलायतमा सक्षम र अनुभवीलाई  पहिलो प्राथमिकता दिइने छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij