आइतबार, असार २९ गते २०८२ Jul 13 2025 Sunday
images
images

यो सातामा ८० अंकले बढ्यो नेप्से


  • 1.0K
    SHARES
  • https://indrenipost.com/index.php/posts/1955
    मंसिर ४, २०७८ शनिबार
    यो सातामा ८० अंकले बढ्यो नेप्से

    काठमाडौं । यो सातामा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८० अंकले बढेर बन्द भएको छ । साताका पाँच दिन नै कारोबार हुँदा परिसूचक दुई दिन गिरावट र तीन दिन उकालो लागेको थियो । आइतबार र बिहीबार घटेको नेप्से सोमबार, मंगलबार र बुधबार भने उच्च अंकले बढेको थियो ।

    साताको पहिलो कारोबार दिन आइतबार परिसूचक १ अंकले घटेको थियो । त्यसपछि सोमबार २६ अंक, मंगलबार ६९ अंक र बुधबार १६ अंकले बजार बढेको थियो । लगातार तेस्रो दिनको वृद्धिसँगै परिसूचक २७ सय अंकबाट बढेर २८ सय १ अंकमा पुगेको थियो । यद्यपि, बिहीबार ३२ अंकले घटेसँगै परिसूचक फेरि २७ सय ६९ अंकमा छ । 

    गत साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक २६ सय ९० अंकमा थियो । जुन, यो सातामा निरन्तर उकालो लाग्दै २७ सय ७० अंक नजिक पुगेको हो । यस्तै, यो नेप्से परिसूचकसँगै साता कारोबार रकम पनि उकालो लागेको छ ।

    साताभरमा नेप्सेमा करिब २८ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेमा आइतबार ४ अर्ब ९ करोड, सोमबार ४ अर्ब ७३ करोड, मंगलबार ५ अर्ब ५२ करोड, बुधबार ७ अर्ब ३७ करोड र विहीबार ६ अर्ब २७ करोड रुपैयाँको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij