आइतबार, असार २९ गते २०८२ Jul 13 2025 Sunday
images
images

सुन-चाँदीको मूल्य घट्यो


  • 1.2K
    SHARES
  • https://indrenipost.com/index.php/posts/1968
    मंसिर ५, २०७८ आइतबार
    सुन-चाँदीको मूल्य घट्यो

    काठमाडौं । साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्य तोक्दै सुन ७०० ले र चाँदी १५ रुपैयाँ घटेको बताएको हो ।

    महासंघले आज छापावाल सुनको मूल्य ९३ हजार ७०० रुपैयाँ कायम भएको बताएको छ । यस्तै, तेजाबी सुनको मूल्य ९३ हजार २०० रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।

    गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ४०० र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ९०० रुपैयाँ थियो ।
    यसैगरी, गत साताको शुक्रबार प्रतितोला १२ सय ७५ रुपैयाँ कायम रहेको चाँदी आज १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij