आइतबार, असार २९ गते २०८२ Jul 13 2025 Sunday
images
images

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार ४ अर्ब ३५ करोडमा सिमित


  • 1.1K
    SHARES
  • https://indrenipost.com/index.php/posts/1980
    मंसिर ५, २०७८ आइतबार
    नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार ४ अर्ब ३५ करोडमा सिमित

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार दोहोरो अंकको गिरावट आएको छ । नेप्से आज ११.६० अंकले घटेर दुई हजार सात सय ५७ दशमलब ५३ विन्दुमा पुगेको हो । 

    त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । आइतबार ४ अर्ब ३५ करोड बराबरको  भएको छ । गत विहीबार नेप्सेमा ६ अर्ब २७ करोड १८ लाख बराबरको कारोबार भएको थियो । बुधबार नेप्सेमा ७ अर्ब ३७ करोड ९४ लाख बराबरको कारोबार भएको थियो । 

    नेप्सेका अनुसार बजार घटेपनि दुई कम्पनीको शेयरमूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीहरुमा मानुषी लघुवित्त वित्तीय संस्था र नारायणी डेभलपमेन्ट बैंक कम्पनी रहेका छन् ।

    मानुषी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १६४४.८० रुपैयाँ पुगेको छ भने र नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य पनि बढेर प्रतिकित्ता ९५२.६० रुपैयाँ पुगेको छ । 
       
    त्यस्तै, आज तेह्रथुम जलविद्युत कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यस कम्पनीको शेयरमूल्य २ प्रतिशत भन्दा बढीले घटेको छ ।

    यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नेपाल महालक्ष्मी विकास बैंकको भएको छ । यस बैंकको आज ५० करोडभन्दा बढीको कारोबार भएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij