काठमाडौं । सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे एक अंक बढेको छ ।
आइतबार ११.६० अंक घटेर बन्द भएको नेप्से आजको सो सेसनमा १.४६ अंक बढेको हो । हिजो २७५७.५३ विन्दुमा बन्द भएको नेप्सेआज सो सेसनमा २७५८.९९ विन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स पनि ०.२४ अंक बढेको छ ।
सोमबार प्रि ओपन सेसनमा १२ कम्पनीको ४ हजार १४ कित्ता सेयर खरिदबिक्री भएको छ । कारोबारमा आएकामध्ये ८ कम्पनीको सेयरमूल्य बढेको छ भने १ कम्पनीको सेयरमूल्य घटेको छ ।
उक्त सेसनमा ३ कम्पनीको सेयरमूल्य सो सेसनमा स्थिर रहेको छ । सो सेसनमा आज १४ लाख ६ हजार ७६० रुपैयाँ २० पैसा बराबरको सेर कारोबार भएको छ ।