आइतबार, असार २९ गते २०८२ Jul 13 2025 Sunday
images
images

आज नेप्सेमा ७.९० अंकको वृद्धि, चार अर्बको कारोबार


  • 1.0K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2009
    मंसिर ६, २०७८ सोमबार
    आज नेप्सेमा ७.९० अंकको वृद्धि, चार अर्बको कारोबार

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको दोस्रो दिन आज सोमबार सामान्य अंकको वृद्धि भएको छ । 

    नेप्से आज ७.९० अंकले बढेर दुई हजार सात सय ६५ दशमलब ४४ विन्दुमा पुगेको हो । त्यस्तै, आज कारोबार रकम भने बढ्न सकेको छैन । 

    आज नेप्सेमा ३ अर्ब ९२ करोड ९२ लाख बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । 

    सर्किट लाग्ने कम्पनीहरुमा मानुषी लघुवित्त वित्तीय संस्था र चन्द्रागीरी हिल्स रहेका छन् । यी दुबै कम्पनीको शेयरमूल्य सर्किट लेभेलमा बढेको छ ।

    आज मानुषी लघुवित्तको शेयरमूल्य बढेर प्रतिकित्ता १८०९.२० पुगेको छ भने चन्द्रागीरी हिल्सको शेयरमूल्य आज बढेर प्रतिकित्ता १७ सय रुपैयाँ पुगेको नेप्सेले जनाएको छ ।  

    त्यस्तै, आज कर्पोरेट डेभलपमेन्ट बैंक र रिलायन्स फाइनान्सको शेयरमूल्यमा गिरावट आएको छ । आज यस कम्पनीको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको छ ।

    यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार महालक्ष्मी विकास बैंकको भएको छ । यस बैंकको आज ३४ करोड भन्दा बढीको कारोबार भएको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij