काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज भारी गिरावट आएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९३ हजार ९ सयमा कारोबार भएकोमा आज तोलामा १६ सयले घटेको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रहेको छ भने तेजावी सुनको मूल्य ९१ हजार ८ सय रहेको छ । सोमबार सुनको मूल्य तोलामा दुई सयले बढेको थियो ।
त्यस्तै, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आइतबार चाँदीको मूल्य प्रतितोला १२७० मा कारोबार भएकोमा आज घटेर चाँदीको मूल्य प्रतितोला १२५५ कायम भएको महासंघले जनाएको छ ।