आइतबार, असार २९ गते २०८२ Jul 13 2025 Sunday
images
images

नेप्सेमा ३२.२९ अंकको गिरावट


  • 1.2K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2032
    मंसिर ७, २०७८ मंगलबार
    नेप्सेमा ३२.२९ अंकको गिरावट

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको तेस्रो दिन आज मंगलबार दोहोरो अंकले घटेको छ । सोमबार ७.९० अंकले बढेको शेयर बजार आज फेरि दोहोरो अंकले घटेको हो । नेप्से आज ३२.२९ अंकले घटेर दुई हजार सात सय ३३ दशमलब १४ विन्दुमा पुगेको हो ।   

    त्यस्तै, आज कारोबार रकममा भने सामान्य वृद्धि भएको छ । आज नेप्सेमा ४ अर्ब १६ करोड ५८ लाख बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा ३ अर्ब ९२ करोड ९२ लाख बराबरको कारोबार भएको थियो ।   

    नेप्सेका अनुसार आज एक कम्पनीको शेयरमूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीहरुमा मानुषी लघुवित्त वित्तीय संस्था रहेका छन् । यस कम्पनीको शेयरमूल्य सर्किट लेभेलमा बढेको छ । आज मानुषी लघुवित्तको शेयरमूल्य बढेर प्रतिकित्ता १९९०.१० पुगेको छ ।       

    त्यस्तै, आज आईसीएफसी फाइनान्स, एनआईबीएल प्रगति फण्ड र नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्यमा गिरावट आएको छ । आज यस कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नेपाल दूरसञ्चार कम्पनीको भएको छ । यस बैंकको आज ४१ करोड भन्दा बढीको कारोबार भएको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij