मंगलबार, असार १७ गते २०८२ Jul 01 2025 Tuesday
images
images

व्यक्ति-अभिव्यक्ति

जनता र देशलाई भुलेर गलत बाटो लागेपछि मैले एमाले त्यागेको हुँ : माधव नेपाल


  • 3.5K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2038
    मंसिर ८, २०७८ बुधबार
    जनता र देशलाई भुलेर गलत बाटो लागेपछि मैले एमाले त्यागेको हुँ : माधव नेपाल

    धनुषा । नेकपा ९(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनता र देशलाई भुलेर गलत बाटोमा लागेपछि नेकपा एमालेलाई त्याग्नुपरेको बताएका छन् ।

    धनुषाको विदेह नगरपालिकास्थित तिनकौरियामा आयोजित सभामा अध्यक्ष नेपालले भने, ‘नेकपा एमाले विदेशीको दलालीमा लाग्यो । त्यसैले पुरानो घर त्यानुपरेको हो ।’

    अध्यक्ष नेपालले अहिले सत्य र न्यायका लागि नयाँ पार्टी गठन गरी अगाडि बढेको बताउँदै थपे, ‘न्याय र सत्यको जित अवश्य हुनेछ ।’ नेपालले आफू ५२ वर्षदेखि कम्युनिष्ट आन्दोलनमा लागेको उल्लेख गर्दै ठूलाठूला काम गरेको, राजाको शासन उखेलेर फालेको पनि बताए ।

    उनले आफूहरु प्रजातन्त्र, लोकतन्त्र, जनताको अधिकार र सम्मान तथा सत्य मर्यादाको पक्षमा उभिएको बताए । अध्यक्ष नेपालले नेकपा एकीकृत समाजावदीले जहिल्यै जनताको सुःख दुःखमा साथ दिने प्रतिबद्धता जनाए ।

    कृषि क्षेत्रमा क्रान्ति र रोजगारी सिर्जना गरी सबैको जीवन राम्रो बनाउन आफूहरु लागि परेको उनको भनाइ थियो । कलम सत्यको पक्षमा उभिन्छ भन्दै चुनाव चिह्न कलम लिएर जनतामाझ आएको उनको भनाइ थियो ।

    उनले अब पालिका, राष्ट्रियसभा, प्रदेश र प्रतिनिधि सभाको चुनाव हुने भन्दै चुनावमा जितेपछि जनताको काम गर्ने, सिँचाइ र मलखादको व्यवस्था गर्ने पनि बताए ।

    नेपालले विरोधीले कान लिएर काग भाग्यो भनेपछि कागको पछाडि दौडिन नहुन कार्यकर्तालाई सुझाव दिँदै हिम्मत र बुलन्दीको साथ अगाडि बढेपछि जित हुने बताए।

    अध्यक्ष नेपालले गठबन्धन सरकारले राजनीतिक नियुक्तिको काममा ढिलाइ गरिरहेको बताए। उनले विभिन्न पार्टीको आ–आफ्नो कामको व्यस्तताले गर्दा सरकारको कामकाजमा पनि प्रभाव परिरहेको स्वीकार गरेका थिए।

    अध्यक्ष नेपालले राज्यसँग जोडिएका कामलाई सरकारले छिटोभन्दा छिटो गर्नुपर्नेतर्फ ध्यान पुर्‍याउन आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।

    उनले राष्ट्रिय सभामा गठबन्धनका सबैले साझा उम्मेदवार तय गरेर अगाडि बढ्ने बताए। उनले उपनिर्वाचनमा पनि पाँच दलीय गठबन्धन मिलेरै अगाडि बढ्ने विश्वास व्यक्त गरेका थिए।

  • सम्बन्धित विषय:

  • # नेकपा (एकीकृत समाजवादी)
  • images


    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij