आइतबार, असार २९ गते २०८२ Jul 13 2025 Sunday
images
images

नेप्से झिनो अंकले बढ्यो, झन्डै चार अर्व २१ करोडको कारोबार


  • 1.6K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2045
    मंसिर ८, २०७८ बुधबार
    नेप्से झिनो अंकले बढ्यो, झन्डै चार अर्व २१ करोडको कारोबार

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथो दिन आज बुधबार झिनो अंकले बढेको छ । मंगलबार दोहोरो अंकले घटेको शेयरबजार आज १.८२ अंकले बढेर दुई हजार सात सय ३४ दशमलब ९४ विन्दुमा पुगेको हो ।

    त्यस्तै, आज कारोबार रकममा पनि सामान्य वृद्धि भएको छ । आज नेप्सेमा ४ अर्ब २१ करोड ७४ लाख बराबरको कारोबार भएको छ । मंगलबार पनि नेप्सेमा ४ अर्ब १६ करोड ५८ लाख बराबरको कारोबार भएको थियो ।

    नेप्सेका अनुसार आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीमा मैलुङ खोला जलविद्युत कम्पनी रहेको छ । यस कम्पनीको शेयरमूल्य ९.४७ प्रतिशतले बढेर प्रतिकित्ता ५६५ रुपैयाँ पुगेको छ ।

    त्यस्तै, आज गोर्खाज फाइनान्स, उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था, तेह्रथुम पावर कम्पनी, र एनआईसी एसिया लघुवित्तको शेयरमूल्यमा गिरावट आएको छ ।

    आज यस कम्पनीको शेयरमूल्य २ प्रतिशत भन्दा बढीले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नेपाल दूरसञ्चार कम्पनीको भएको छ । यस बैंकको आज २६ करोड १५ लाख भन्दा बढीको कारोबार भएको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij