आइतबार, असार २९ गते २०८२ Jul 13 2025 Sunday
images
images

सुनको मूल्यमा सामान्य गिरावट


  • 991
    SHARES
  • https://indrenipost.com/index.php/posts/2063
    मंसिर ९, २०७८ बिहीबार
    सुनको मूल्यमा सामान्य गिरावट

    काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको जानकारी दिएको छ । 

    आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ७०० र तेजाबी सुनको मूल्य ९१ हजार २०० रुपैयाँ छ । महासंघले हिजो बुधबार हिजो छापावाल सुनको मूल्य तोलामा ९१ हजार ८०० र तेजाबी सुनको मूल्य ९१ हजार ३०० रुपैयाँ तोकेको थियो ।

    सुनको मूल्य घटेको दिन आज चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले बढेको छ । हिजो तोलामा १२ सय २५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १२ सय ३० रुपैयाँ कायम भएको महासंघले आजको मूल्य सूचीमा उल्लेख गरेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij