आइतबार, असार २९ गते २०८२ Jul 13 2025 Sunday
images
images

शेयर बजारमा गिरावट, कारोबार पनि घट्यो


  • 2.5K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2066
    मंसिर ९, २०७८ बिहीबार
    शेयर बजारमा गिरावट, कारोबार पनि घट्यो

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन आज बिहिबार झिनो अंकले बढेको छ । आज नेप्से ३.२२ अंकले घटेर दुई हजार सात सय ३१ दशमलब ७८ विन्दुमा पुगेको हो ।

    बुधबार नेप्से १.८२ अंकले बढेर दुई हजार सात सय ३४ दशमलब ९४ विन्दुमा पुगेको थियो ।    

    त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । आज नेप्सेमा ३ अर्ब ७८ करोड ९७ लाख बराबरको कारोबार भएको छ । बुधबार ४ अर्ब २१ करोड ७४ लाख बराबरको कारोबार भएको थियो ।

    नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीमा समृद्धि फाइनान्स कम्पनी र सामलिङ पावर कम्पनी रहेको छ ।

    आज समृद्धि फाइनान्स कम्पनी कम्पनीको शेयरमूल्य ९.४२ प्रतिशतले बढेर प्रतिकित्ता ५६९ रुपैयाँ पुगेको छ भने सामलिङ पावर कम्पनीको शेयरमूल्य ८.१७ प्रतिशतले बढेर प्रतिकित्ता ३२०.५० पुगेको छ ।     

    त्यस्तै, आज मानुषी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा गिरावट आएको छ । आज यस कम्पनीको शेयरमूल्य करिब ७ प्रतिशतले घटेको छ ।

    यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नेपाल दूरसञ्चार कम्पनीको भएको छ । यस बैंकको आज २६ करोड ६२ लाख भन्दा बढीको कारोबार भएको छ ।   

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij