चितवन । नेकपा (एमाले)को जारी १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो दिनको बन्दसत्र सुरु हुन ढिलाइ भएको छ । आज बिहान १० बजेदेखि हुने भनिएको बन्दसत्र साढे ११ बजेसम्म सुरु भएको छैन ।
प्रतिनिधिहरू खाना खाने क्रममा छन् । खाना खानेलगायत काम र नेताहरू सहमतिका लागि छलफलमा रहेकाले अझै केही समय ढिलाइ हुन सक्ने केन्द्रीय सदस्य ठाकुर गैरेले बताए ।
अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरू सर्वसम्मत रूपमा नेतृत्व चयन गर्नका लागि छलफलमा छन् । हिजो पहिलो दिनको बन्दसत्रमा ओलीलाई पदाधिकारी र केन्द्रीय सदस्य प्रस्ताव गर्ने अधिकार दिइएको थियो । तर, अध्यक्षका आकांक्षी भीम रावल उमेदवारीबाट पछि नहट्ने अडानमा छन् ।