आइतबार, असार २९ गते २०८२ Jul 13 2025 Sunday
images
images

सुनको भाउ बढ्यो, चाँदीको घट्यो


  • 2.1K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2089
    मंसिर १२, २०७८ आइतबार
    सुनको भाउ बढ्यो, चाँदीको घट्यो

    काठमाडौं । आइतबार नेपाली बजारमा सुनको भाउ २०० रुपैयाँले बृद्धि भएको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको आइतबार २०० रुपैयाँले बढ्दै ९२ हजार १०० रुपैयाँ पुगेको हो ।

    यस्तै, गत शुक्रबारको तुलनामा तेजाबी सुनको मूल्य समेत आईतबार २०० रुपैयाँले नै बढ्दै ९१ हजार ६०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यता आज चाँदीको मूल्य भने घटेको महासंघले जनाएको छ । गत शुक्रबार प्रतितोला एक हजार २२५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार तोलामा १५ रुपैयाँले घट्दै एक हजार २१० रुपैयाँमा झरेको महासंघले जनाएको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij