आइतबार, असार २९ गते २०८२ Jul 13 2025 Sunday
images
images

शेयर बजारमा ८०.२९ अंकको गिरावट


  • 1.3K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2093
    मंसिर १२, २०७८ आइतबार
    शेयर बजारमा ८०.२९ अंकको गिरावट

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन आज आइतबार उच्च अंकको गिरावट आएको छ ।  आज नेप्से ८०.२९ अंकले घटेर दुई हजार ६ सय ५१ दशमलब ४९ विन्दुमा पुगेको हो ।

    त्यस्तै, आज ५ अर्ब ८३ करोड ५१ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका सबै समूहमा राताम्मे छाएको छ । 

    नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीमा आइसीएफसी फाइनान्स र सामलिङ पावर कम्पनी रहेको छ ।

    आज आइसीएफसी फाइनान्सको शेयरमूल्य ९.७८ प्रतिशतले बढेर प्रतिकित्ता ९३२ रुपैयाँ पुगेको छ भने सामलिङ पावर कम्पनीको शेयरमूल्य ८.२१ प्रतिशतले बढेर प्रतिकित्ता ३४६.८० रुपैयाँ पुगेको छ ।

    त्यस्तै, आज हिमालयन पावर पार्टनर र मानुषी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा गिरावट आएको छ । आज यी कम्पनीको शेयरमूल्य करिब ८ प्रतिशत भन्दा बढीले घटेको छ ।

    यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार महालक्ष्मी विकास बैंकको भएको छ । यस बैंकको आज २९ करोड ८१ लाख भन्दा बढीको कारोबार भएको छ ।   

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij