आइतबार, असार २९ गते २०८२ Jul 13 2025 Sunday
images
images

सुनको भाउ १०० रुपैयाँ घट्यो, चाँदीको बढ्यो


  • 955
    SHARES
  • https://indrenipost.com/index.php/posts/2100
    मंसिर १३, २०७८ सोमबार
    सुनको भाउ १०० रुपैयाँ घट्यो, चाँदीको बढ्यो

    काठमाडौं । गत आइतबारको तुलनामा आज सोमबार नेपाली बजारमा सुनको भाउ तोलामा १०० रुपैयाँले घट्दा चाँदी १० रुपैयाँले बढेको छ ।  

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला १०० रुपैयाँले घट्दै ९२ हजार रुपैयाँमा झरेको छ । यस्तै यता चाँदी गत आइतबारको मूल्यमा तोलामा १० रुपैयाँले बढ्दै आज एक हजार २२० रुपैयाँ पुगेको छ । 

    गत आइतबार बजारमा सुन प्रतितोला ९२ हजार १०० रुपैयाँ र चाँदी एक हजार २१० रुपैयाँमा कारोबार भएको थियो ।  यता तेजाबी सुनको मूल्य समेत आज गत आइतबारको मूल्य १०० रुपैयाँले नै घट्दै ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij