काठमाडौंं । नेकपा (एमाले)को १० औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान पूरा भएको छ । केन्द्रीय निर्वाचन आयोगका एक सदस्यका अनुसार २०८१ मत खसेको छ ।
नेपालखबरसँग कुरा गर्दै आयोगका अध्यक्ष विजय सुब्बाले भने ‘परिणाम घोषणालाई धेरै समय लाग्दैन । डिजिटल मतलाई कागजमा मुचुल्का उठाउछौं । सबै बुथको मत जोड्छौं । अनि परिणाम घोषणा गर्छौं । अधिकतम लागे ९दिउँसो० २ बजेसम्म घोषणा भइसक्छ ।’