काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंक घटेको छ ।
बुधबार ५.२८ अंक बढेर २६३३.६६ विन्दुमा बन्द भएको नेप्से आज सो सेसनमा ०.०२ अंक घटेर २६३३.६४ विन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.५७ अंक बढेको छ ।
बिहीबार प्रि ओपन सेसनमा १३ कम्पनीको १६ लाख ७२ हजार २१७ रुपैयाँ बराबरको १ हजार ७१ कित्ता सेयर खरिदबिक्री भएको छ ।
करोबारमा आएकामध्ये ९ कम्पनीको सेयरमूल्य बढेको छ भने एउटाको सेयरमूल्य घटेको छ ।